आहारपुरक खाद्य सामग्रीको माग बढ्दो, व्यवस्था विभागले प्रकृया नबुझ्दा उद्योग नै समस्यामा

वीरगञ्ज- नेपालमा पछिल्लो समय आहारपुरक खाद्य सामग्रीको माग बढ्दो छ । स्वास्थ्यमा सुधार ल्याउने र सन्तुलित भोजनको पूरकका रूपमा लिइने आहारपूरक सामग्रीको माग बढेको हो ।

स्वास्थ्य र पोषणसम्बन्धि चेतनामा वृद्धि हुँदै गरेको पछिल्लो समय आहारपूरक खाद्य पदार्थ आयात बढेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार, नेपालमा वार्षिक लगभग ६ अर्ब रुपैयाँ बराबरको आहारपूरक खाद्य पदार्थ आयात भैरहेको छ ।

आहारपुरक सामग्री आयातलाई कम गर्ने तथा स्वदेशी उत्पादन प्रयोगलाई बढावा दिने उद्देश्यले पर्साबारा औद्योगिक कोरिडोरमा ‘जयश्री हेल्थ केयर’ सञ्चालनमा रहेको छ । ४० करोड रुपैयाँको लागतमा २०८१ भदौमा अनुज्ञापत्र लिएर सञ्चानमा आएको नेपालकै पहिलो र ठूलो आहारपूरक (फुड सप्लिमेन्ट) उद्योग जयश्री हेल्थकेयरले ४० प्रकारका खाद्य पुरक सामग्री उत्पादन गर्ने गरेको छ ।

स्वदेशी उत्पादन कम भएको बजारको ठूलो हिस्सा बाह्य देशबाट आयात गरिएका उत्पादनहरूको भरमा निर्भर रहेको अवस्थामा स्वदेशी आहारपूरक उत्पादनले आयातमा निर्भरता कम गर्न मदत गर्दछ । त्यती मात्र नभई, स्वदेशमा रोजगारी सृजना गर्ने, कृषकहरूलाई आहारपूरक सामग्रीको आपूर्तिमा समावेश गर्ने, र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने सम्भावना प्रबल देखिन्छ ।

स्वदेशी आहारपूरक उत्पादनले आयातमा निर्भरता कम गर्न मात्र नभई, यस उद्योगले स्वदेशी रोजगारी सृजना गर्ने, कृषकहरूलाई आहारपूरक सामग्रीको आपूर्तिमा समावेश गर्ने, र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने ठूलो सम्भावना राख्दछ ।

बदलिंदो जिवनशैलीका कारण देखिएको पोषणको कमी पूर्ती गर्ने आहार पुरक उत्पादनको बजार विदेशमा समेत राम्रो देखेको यस उद्योगले श्रीलंका, केन्या, भियतनाम, कम्बोडिया जस्ता देशहरूमा समेत नेपाली उत्पादनलाई पुर्याउने लक्ष्य राखेको छ । तर यसका लागि सरकारले निर्यातको लागि नीतिगत प्रोत्साहन र सहयोग प्रदान गर्नुपर्ने उद्योग सञ्चालक बताउँछन् ।

केहि नीतिगत समस्याका कारण उद्योग चलाउनै मुस्किल परेको जयश्री हेल्थ केयरका सञ्चालक साकेत क्यालले बताउनुभयो । वहाँले खाद्य पुरक उत्पादन औषधी नभई विशुद्ध खाद्य वस्तु भएकोले खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएको जानकारी गराउनुभयो ।

तर औषधि व्यवस्था विभागले भने खाद्य पुरक उत्पादनलाई औषधीको संज्ञा दिएर औषधी व्यवस्था विभागमा दर्ता नभएको भन्दै फार्मेसीहरू मार्फत बेच्न प्रतिबन्ध लगाउँदा बजार नै डामाडोल भएको दुखेसो पोख्नुभएको छ ।

यसका साथै, कच्चा पदार्थ र प्याकेजिङ सामग्रीमा उच्च भन्सार महशुलको व्यवस्थाले उद्योगका लागि थप चुनौती सृजना गरेको छ । उदाहरणका रूपमा, औषधि उद्योगलाई १ प्रतिशत भन्सार महशुलमा कच्चा पदार्थ आयात गर्न अनुमति दिइएको छ भने, आहारपूरक उद्योगलाई ६० प्रतिशतसम्म भन्सार महशुल तिर्नु पर्ने समस्या छ । यस नीतिले स्वदेशी उत्पादनको लागि लगानी गर्न र प्रतिस्पर्धा गर्न कठिन पारिरहेको छ ।

क्याल भन्नुहुन्छ- “यसले हाम्रो उत्पादन लागतलाई बढाउँछ र कम लागतमा आयातित विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन बनाउँछ । सरकारले हाम्रो उद्योगलाई औषधि उद्योगजस्तै सहुलियत दिनु पर्ने हो ।”

पछिल्लो समय खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमती लिएर कच्चा पदार्थ मगाएको ६ महिना बितिसकेको छ । तर नयाँ उत्पादनको डिजाइन स्विकृती गर्न खाद्य विभागले आनाकानी गर्दा कच्चापदार्थको म्याद गुज्रीने अवस्था आएको सञ्चालक क्यालले दुखेसो पोख्नु भयो । उद्योग सञ्चालनको ३ महिना नबित्दै देखि समस्यै समस्याका बिच अदालतसम्म धाएको, अदालतको निर्णय समेत नटेरेर हतोत्साही बनाएको अवस्थाले आफू उद्योग बन्द गर्ने सोचमा पुगेको क्यालले बताउनुहुन्छ ।

नेपालकै लागि नयाँ भएकोले बुझाउन नसकेको स्विकार्दै सरकारले खाद्य पुरक उत्पादनलाई औषधीको रुपमा नबुझी बजारमा उत्पन्न अन्यौलता चिरिदिने, भन्सार सहुलियत गरिदिने र आफैंले अनुमती दिएर मगाएको कच्चा पदार्थ प्रयोगको अनुमती समयमै दिएर उद्योगलाई बन्द हुनबाट जोगाउने अपेक्षा राखेको वहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.