भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा

बागमती– सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.