आयुर्वेदमा बिरामीको आकर्षण बढ्दो

पाल्पा –पाल्पा जिल्लामा पछिल्लो समय आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै गएको छ ।
आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको आयुर्वेद अस्पताल पाल्पाले जनाएको छ । गएको वर्षमा मात्रै ५ हजार बिरामीले आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार गराएको आयुर्वेद अस्पतालका प्रमुख डाक्टर पशुपति बस्यालले बताउनुभयो । आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बिरामीको विश्वास बढेकाले आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद अस्पतालमा बिरामी दैनिक उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य केन्द्र, औषधालयमा जँचाउन आउने र औषधी लिनेको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका प्रमुख बस्यालले जानकारी दिनुभयो । आयुर्वेद अस्पतालमा पेट दुख्ने, ग्यास्ट्रिक, गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, बाथ, खाना नरुच्ने, रुघाखोकी, नसा, पायल्स र विशेष गरी कानका बिरामी उपचारका लागि आउने गरेका छन् ।
बिरामीलाई आवश्यकता अनुसार निःशुल्क रूपमा आपुर्वेदबाट २३ प्रकारका औषधी उपलब्ध गराउँदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्