पर्यटकीय स्थल मानुङकोटमा टिम नेपो तनहुँद्वारा झन्डोत्तोलन र वृक्षारोपण

तनहुँ – तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटमा झन्डोत्तोलन तथा वृक्षारोपण गरिएको छ । सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रतिको प्रतिबद्धता जनाउँदै टिम नेपो तनहुँले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा झन्डोत्तोलन गरेको हो ।
व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले टिम नेपाले मानुङकोटको प्रचारप्रसार एवं पर्यटकीय प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पर्यटकीय स्थल मानहुँकोटको प्रचारप्रसार गर्न संस्थाले खेलेको भूमिकाले यस क्षेत्रलाई अगाडी बढाउन सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले चर्चित स्थल मानुङकोटमा वृक्षारोपण र झन्डोत्तोलन गर्नु निकै महत्त्वपूर्ण भएको बताउनुभयो । यस क्षेत्रलाई चिनाउनको लागि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने वडाध्यक्ष गुरुङको भनाई थियो ।
मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानुङकोटमा राष्ट्रिय झन्डा फहराइँदा राष्ट्रिय गौरवको अनुभूति हुने टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यसहित विभिन्न जातका बिरुवा रोपिँदै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा पनि सामाजिक रूपान्तरण र प्रकृति संरक्षणमा आधारित सकारात्मक गतिविधिहरूलाई अझ सशक्त रूपमा अघि बढाउने अध्यक्ष श्रेष्ठको भनाई थियो ।






प्रतिक्रिया राख्नुहोस्