अवरुद्ध स्याफ्रुबेंसी–रसुवागढी सडक निमार्णको काम सुरु

रसुवा – रसुवामा १४ गते बुधवार बिहान भोटेकोसीमा आएको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेंसी–रसुवागढी सडकको निमार्ण तथा मर्मतको काम सुरु गरिएको छ ।
बाढीले ठाउँ ठाउँमा सडक कटान गरी बगाए पछि अवरुद्ध भएको सडकको काम टिमुरे तर्फ बाट सुरु गरिएको गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनले जनाएको छ ।
आयोजनाका इन्जिनियर रूपनारायण पौडेलेका अनुसार अहिले प्रारम्भिक चरणमा टिमुरेको दुई स्थानका सडक निमार्ण सम्पन्न गरी तातोपानी तर्फ काम भइरहेको उहाँले बताउनुभयो । १८ स्थानमा सडक बिग्रिएको भए पनि १३ स्थानमा करिब एक किलोमिटर सडक भने निमार्ण तथा मर्मत गर्नु पर्ने उहाँले बताउनुभयो ।
करिब दश दिनमा निमार्ण तथा मर्मतको काम सम्पन्न गरी सडक दुई तर्फी सञ्चालनमा ल्याउने गरी काम गरिने इन्जिनियर पौडेलको भनाई छ । रसुवागढी देखि स्याफ्रुबेसी सम्मको १६ किलोमिटर सडकमा घट्टेखोल,टिमुरेको तातोपानी,कल्याङकुलुङ लिङलिङ लगायतका १८ स्थानमा बाढीले सडक कटान गरी क्षति पुराएको छ ।
यसै गरी असार २४ गते मङ्गलवार आएको बाढीले पनि १० स्थानमा स्थानमा करिब तेह्र सय मिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढी सम्म लामो समय आवत जावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुनः साउन १४ गते आएको बाढीले कटान गरे पछि अवरुद्ध भएको छ ।






प्रतिक्रिया राख्नुहोस्