चितवनमा रासायनिक मल पर्याप्त

चितवन – चितवनमा यो सिजनको धान खेतीलाई पुग्ने गरी रासायनिक मल रहेको पाइएको छ । जिल्लामा मल आपूर्तिको काम गर्ने साल्ट्र ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामाग्री कम्पनी लिमिटेडले मलको अभाव जिल्लामा नरहेको दाबी गरेको छ । गत जेठ यता मात्रै कृषि सामाग्री कम्पनी लिमिटेडले जिल्लामा ११ सय ५४ मेट्रिक टन यूरिया र ९ सय ३७ मेट्रिक टन डीपीए मल चितवनका किसानलाई वितरण गरेको जनाएको छ ।

जिल्लामा २६० सहकारी तथा विक्रेता मार्फत ७ वटै पालिकामा मल वितरण गरेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्धक राजन बगालेले जानकारी दिए । उनका अनुसार कम्पनीले थप मल केही दिन भित्र नै वितरण गरिने बताउनुभयो ।

 उहाँले भरतपुर महानगरमा ८६, रत्ननगरमा ५०, राप्तीमा ४५, कालिकामा ४०, माडीमा ७०, खैरहनीमा ७०, इच्छा कामनामा १५ मेट्रिक टन युरिया वितरण गर्ने गरी कोटा निर्धारण गरिएको बताए । यस्तै डीएपी भरतपुरमा १५०, रत्ननगरमा ९०, राप्तीमा ८०, कालिकामा ७०, माडीमा १२०, खैरहनीमा ११५ र इच्छा कामनामा २५ मेट्रिक टन वितरण गर्ने गरी कोटा निर्धारण गरिएको कम्पनीमा प्रबन्धक बगालेले जानकारी दिनुभयो ।

चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । माग हरेक वर्ष बढ्दै गएको छ । यस्तै, साल्ट्र कर्पोरेसनले आर्थिक वर्ष २०८२÷०८३ को साउन महिना मात्रै ५ हजार २ सय ९९ बोरा युरिया, ८ सय बोरा डीएपी मल वितरण गरेको छ ।
 अहिले कार्यालय सँग १६० बोरा युरिया, ६७८ बोरा डीएपी र ४ सय बोरा पोटास छ । कर्पोरेसनले गत आर्थिक वर्ष २०८१÷०८२ मा ४२ हजार २ सय १ बोरा युरिया र २० हजार ५ सय ८४ बोरा डीएपी वितरण गरेको साल्ट्र कर्पोरेसन लिमिटेड शाखा प्रमुख बुद्धि विनोद दाहाल ले जानकारी गराउनु भयो ।
उहाँका अनुसार यो वर्ष भरी नै जिल्लामा डीएपी मल र पोटास पुग्ने गरी स्टक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.