बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा –  गोरखामा प्रहरीले नेपाली काँग्रेसका गण्डकी गाउँपालिकाको वडा सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ का वडा सदस्य लोक राज भट्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले पुष्टि गर्नुभयो।

पक्राउ परेका भट्ट बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त भएको उहाँले बताउनुभयो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै ५ लाख रुपैयाँको चेक दिएका भट्टले चेक अनादर भए लगत्तै पीडितले अदालतमा हालेको मुद्दामा उहाँ दोषी ठहर हुनुभएको हो ।

उच्च अदालत तुलसीपुर, नेपालगन्जको फैसलाबाट ७ दिन कैद र ५ लाख जरिवाना फैसला भएका भट्ट गाउँपालिकाको नियमित काममा भएपनी प्रहरीले उहाँलाई फरारको सूचीमा राखेको थियो ।

उच्च अदालतको फैसला कार्यान्वयनकालागि गोरखा अदालतले प्रहरीलाई पत्राचार गरे लगत्तै भट्टलाई गोरखा प्रहरीले साउन २२ गते घरबाटै प्रकाउ गरेको थियो ।

कैदको म्याद सकिए पनि उहाँले जरिवाना बापतको रकम दाखिला गर्न नसकेपछि पुन गोरखा कारागारमा नै राखिएको गोरखा प्रहरीले जानकारी दिनु भयो ।

२२ गते पक्राउ परेका उनलाई २३ गते गोरखा जिल्ला अदालत पेस गरिएकोमा अदालतले ७ दिन कैद कोलागि कारागार चलान गरेको थियो ।

उच्च अदालत तुलसीपुरले गोरखा जिल्ला अदालतलाई फैसला कार्यान्वयकोलागि पत्राचार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भट्टलाई फैसला कार्यान्वयन सँगै कैद भुक्तानपछि बारा जिल्ला अदालतमा समेत बैङ्किङ कसुर मुद्दा दर्ता भएकोले जिल्ला प्रहरी कार्यालय बारामा बुझाउनु पर्ने छ ।

यता उनी पक्राउ परेपछि उनको वडा सदस्य पद के हुने भन्ने बारे पालिका अनविज्ञ देखिएको छ । पालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार) ले कानुनी प्रक्रियाको बारेमा आफूलाई जानकारी नभएकोले केही दिनभित्रै गोरखा जिल्ला अदालत पुगेर पूर्ण जानकारी लिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.