रासायनिक मलको माग गर्दै धर्ना

पश्चिम नवलपरासी- विभिन्न दल सम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रासायनिक मलको उचित प्रबन्ध गर्न माग गर्दे आज जिल्ला प्रशासन कार्यालय नवलपरासीमा धर्ना दिएको छ ।
जिल्लामा मलको अभाव भएका कारण किसानहरू पीडित भएको भन्दै मोर्चाले मलखादको तत्कालै उचित व्यवस्थापनको माग गर्दे एक घण्टा जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिएको हो ।
मोर्चाले प्रधानमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै मलको उचित व्यवस्थापन र नवलपरासीका लागि मलको कोटा वृद्धि गर्न माग गरेको लोकतान्त्रीक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष मुकुरजी गिरीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले नवलपरासीका लागि छुट्टाएको कोटा अत्यन्तै कम भएकाले पनि मल अभावको समस्या बढ्दै गएको मोर्चाको ठहर छ ।
मोर्चाले अहिले धानमा रासायनिक मल हाल्ने समय भएकाले तत्कालै मल आपुर्ति गर्न माग गरेको छ ।
सो क्रममा मोर्चामा आवद्ध दलका नेताहरूले जिल्लामा खाद्यान्न बाली मात्र नभई नगदे बालीका रुपमा उखु केराको समेत खेती हुने गरेकाले त्यसलाई पनि छुट्टै मलको कोटा निर्धारण गर्न माग गरेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्