कैलाली कारागारका एक थुनुवाको मृत्यु

अत्तरिया– कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले मृत्युको कारण भने खुल्न नसकेको बताउनुभयो ।  मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.