राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको निर्वाचन भोलि

काठमाडौँ – राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने तय भएको छ । संघीय संसद सचिवालयले हिजाे सूचना प्रकाशन गरी भदौ ११ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सुचना प्रकाशित गरी सभामुख देवराज घिमिरेले बुधबारका लागि निर्वाचनको मिती तोकेको जानकारी दिनुभएको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको त्रुटिका सन्दर्भमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि साउन २८ गतेदेखि सभापति पद रिक्त भएको हो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार निर्वाचनको तयारी भएको संसद सचिवालयका प्रवक्ता एकराम गीरिको भनाई छ ।

दलीय सहमतिका आधारमा राज्य व्यवस्था समितिको सभापति नेपाली कांग्रेसको भागमा रहेकाले कांग्रेसबाट समिति सभापतिको नाम अन्तिम टुंगो लगाउने गरी छलफल भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.