जिल्लामा नै पहिलो पटक शून्य फोहोर अभियान सुरु

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जिल्लामा नै पहिलो पटक शून्य फोहोर अभियान सुरु गरेको छ ।

आफ्नो सेवाक्षेत्र भित्रका उपभोक्ताहरूलाई फोहरलाई प्रभावकारी र दिर्गकालिन व्यवस्थापन गर्न सचेतना जागृत गर्ने उद्देश्यले अभियान सुरु गरेको संस्थाका अध्यक्ष दीपक लम्सालले बताउनु भयो ।

१६ वटा वडाहरू रहेको बर्दघाट नगर क्षेत्रमा अहिले करिब १६ टन फोहर दैनिक उत्पादन हुने गर्दैछ । बर्दघाट नगर क्षेत्रमा बर्दघाट ,जिमिरेभार र पञ्चनगर बजार विकास समितिहरूले फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरी रहेका छन् भने चिसापानी क्षेत्रमा सूर्यज्योती युवा क्लबले फोहोर व्यवस्थापनको काम गरिरहेको छ ।

बर्दघाट नगरको फोहोरलाई दिर्गकालिन व्यवस्थापन गर्न नगरले नगरको गौरवको योजना अन्तरगत रहेर डिपिआर तयार गर्ने देखि मन्त्रालय सम्म फाइल पठाउने काम गरेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आज आफ्नो कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरी शून्य फोहोर अभियानको समुद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा नगर क्षेत्र भित्रका विभिन्न सामाजिक सङ्घ संस्था देखि जनप्रतिनिधि सम्मको सहभागिता रहेको थियो ।
शून्य फोहोर अभियानको समुद्घाटन कार्यक्रमसँगै प्लेकार्ड र सचेतना मूलक सूचना सहितको र्‍यालीले बजारक्षेत्रको सरसफाइ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.