दाङमा उत्कृष्ट स्थानीय तहलाई सम्मान

दाङ- दाङ जिल्लामा उत्कृष्ट ठहरिएका स्थानीय तहलाई सम्मान गरिएको छ ।
बुधवार घोराहीमा आयोजित नवौँ जिल्ला सभामा प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले उत्कृष्ट स्थान हासिल गरेका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान पत्र प्रदान गर्नुभयो।
आर्थिक वर्ष २०८१र८२ को कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम बनेको छ। यसले ५० पूर्णाङ्कको आधारमा ४०।५ अङ्क प्राप्त गरेको हो। त्यस्तै घोराही उपमहानगरपालिका ३६।३३ अङ्कसहित दोस्रो र बबई गाउँपालिका ३६।१६ अङ्कसहित तेस्रो भएका छन्। सङ्घीय कार्यालयतर्फ प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना, लमही पहिलो र बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, तुलसीपुर दोस्रो भएको समितिले जनाएको छ। प्रदेशतर्फ जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, तुलसीपुर प्रथम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, घोराही दोस्रो भएका छन्।
पुँजीगत खर्च, वित्तीय अनुशासन र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट स्थानीय तह र सङ्घीय तथा प्रदेश मातहतका कार्यालयलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्