प्रदर्शन रोक्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

काठमाडौं,श्रावण ०६:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरहरुमा जारी प्रदर्शन नियन्त्रण गर्न थप संघीय सेना परिचालन गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले लिबरल डेमोक्र्याटहरुले नेतृत्व गरेका सिकागो, न्युयोर्क सहितका थुप्रै शहरहरुमा प्रदर्शन नियन्त्रण गर्न असफल भएको आरोप लगाउनु भएको छ । ओरेगनमा पठाइएका संघीय अधिकारीहरुले पोर्टल्याण्ड भएको विरोध प्रदर्शनका समय राम्रो काम गरेको भन्दै राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभयो । स्थानीय अधिकारीहरुले संघीय अधिकारीहरुका कारण स्थिति झन् बिग्रिएको बताएका छन् । निर्वाचनको समय नजिकिएकाले राष्ट्रपति ट्रम्पले संघीय अधिकारी खटाएको भन्दै विभिन्न राज्यका नेताहरुले तत्काल पोर्टल्याण्डबाट सेना फिर्ता गर्नुपर्ने माग गरेका छन् । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुराकानी गर्दै  राष्ट्रपति ट्रम्पले हिंसात्मक प्रदर्शनका कारण समस्या भएको बताउनु भयो । मुख्य रुपमा न्युयोर्क, सिकागो, फिलाफेल्फिया, डिट्रोइट, बाल्टिमोर र अकल्याण्डमा भएका प्रदर्शनका विषयमा छलफल गर्नुभयो  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.