ओलीको राहदानी रोक्काप्रति एमालेको आपत्ति

काठमाडौं– नेकपा एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का प्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ।
गुण्डुमा आज बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णयको प्रति असन्तुष्टि जनाएको हो ।
एमालेले मन्त्रालयमार्फत् मिडिया ट्रायल र दशैँको अवसरमा गरिएको राजनीतिक प्रतिशोधयुक्त कदमप्रति आपत्ति प्रकट गर्दै यस्ता कदमले छानविन आयोगको विश्वसनीयतामा समेत प्रश्न उठाएको बताएको छ ।
”हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ । विज्ञाप्तिमा भनिएको छ ।
यस्तै सचिवालयले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा बोलाएको छ भने त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० गतेका लागि बोलाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्