विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौँ : प्रधानमन्त्री कार्की (भिडियो सन्देशसहित)

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताउनु भएको छ ।

शनिवार नेपाल टेलिभिजनमार्फत दिनुभएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

उहाँले सरकारले नागरिकको कठिनाइ बुझ्ने बताउनुहुँदै एक्लो महसुस नगरी जोखिमलाई मिलेर पार गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

”राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ।” प्रधानमन्त्रीले भन्नुभएको छ ।

उहाँले  प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै  जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित  रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ

प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.