पच्चीस लाख क्षतिपूर्ति र रोजगारीको सहमति पछि विरोध कार्यक्रम फिर्ता

रसुवा – पीडित परिवारलाई पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी सुनिश्चित गर्ने सहमति भए पछि स्थानीयवासीले गरेको विरोध कार्यक्रम फिर्ता लिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–दुई टिमुरे नजिकै शनिबार दिउँसो करेन्ट लागी कालिका गाउँपालिका–तीनका पचास वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भए पछि आफन्त तथा स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए ।

रसुवागढी जलविद्युत आयोजना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडित पक्षबीच कालिका गाउँपालिकामा भएको छलफल पछि पीडित परिवारलाई पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी सुनिश्चित गर्ने सहमति भए पछि विरोध कार्यक्रम फिर्ता लिइएको स्थानीयवासी पुष्पराज न्यौपानेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.