विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

काठमाडौं-  ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज नेपालले  ओमानविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि शुरु हुदैछ ।

दुवै टिमको समान ६-६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ ।

सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.