राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ ।

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.