पाल्पामा अनौठो धार्मिक मेला ,चिच्याएर वर माग्ने मेला लाग्दै

पाल्पा – पाल्पाको अनौठो धार्मिक मेला चिच्याएर वर माग्ने सत्यवती बजैको मेला यही कात्तिक १५ गते देखि १९ गतेसम्म लाग्ने भएको छ ।
पाल्पाको तीनाउँ गाउँपालिका वडा नंंम्बर ४ कोलडाडाँ को बीच जंगलमा रहेको सत्यवती तालमा विगतका वर्षमा जस्तै यस बर्षपनि मेला लाग्ने भएको हो । कार्तिक शुक्ल पुर्णिमा कार्तिक महिनामै परेमात्र यो मन्दिरमा पुजाआजा गर्ने परम्परा छ ।
प्रत्येक बर्ष कार्तिक शुक्ल त्रियादशीदेखी पुर्णिमाका दिनसम्म सत्वयती तालमा धार्मिक मेला लाग्ने गरेको छ । सत्वयती वजैको दर्शन गर्न जानेहरु अध्यारो भएपछि तालमा पुग्ने र विहान झिसमिसे उज्यालो नहुदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवति ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष दान बहादुर गाहाले बताउनुभयो ।
समुद्री सतहदेखि १ हजार ४ सय मिटर उचाइमा जंगलको विचमा रहेको तालमा दर्शन गर्न पाल्पा, गुल्मी, रुपन्देही, भैरहवा, कपिलवस्तु,नवलपरासी, चितवन, काठमाडौ,पोखरा लगायत जिल्ला र लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट पनि भत्तजन आउने गरेको तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।
किवदन्ती अनुसार सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन रहेको हो । जहा पुग्ने हजारौंले एकैपटक चिच्चाएर वर माग्दा जंगलको सुनसान रात गुञ्ज्ँँयमान हुने गरेको छ ।
जानकारहरुका अनुसार सम्भवत चिच्चाएर वर माग्ने यो नेपालकै एकमात्र धार्मिक मेला हो । दर्शन गर्न जाने भक्तजनहरुले सत्यवती वजैको लागि परेवा र वोकाको वली दिने परम्परा छ ।
तानसेन वुटवल सडक खण्डको चौविस माईलबाट १ घण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती वजैको मन्दिरमा पुग्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्