प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

यही भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि तत्कालिन प्रतिनिधि सभा विघटन भएको थियो ।

प्रतिनिधि सभा विघटनको विषयलाई लिएर अहिले कानुनी र राजनीतिक बहस भैरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.