अमेरिकासँग नेपाल ४ विकेटले पराजित
काठमाडौँ- आईसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । जितका लागि दुई सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
त्रिकोणात्मक सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ७१ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पारी खेले। उनले तीन छक्का र दुई चौकाको मद्दतमा ६७ बलको सामना गर्दै सर्वाधिक ७५ रन जोडेका थिए ।
यसैगरी, करण केसीले ३१ बलको सामना गर्दा तीन छक्का र दुई चौकको मद्दतमा ४९ रन जोडे । ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।।






प्रतिक्रिया राख्नुहोस्