जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएकामा ४५ जनालाई गृहमन्त्रालय र विभिन्न जिल्ला प्रसासन कार्यालयले छानविन र अनुसन्धान गरी पठाएको सिफारिसका आधारमा शहीद घोषणा गरिएको र थप अरु पनि अनुसन्धान र छानविनपछि निर्णय हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगादीश खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्याधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृत गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले विपद् संकट ग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्ला प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.