दुप्चेश्वरमा एकै दिन सांढे दुई लाख भेटि 

–भक्तजनहरूको आगमन वढ्दै

नुवाकोट-  देवताहरूको पनि देवता भगवान् शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरूको आगमन दैनिक रूपमा बढिरहेको छ । दुप्चेश्वरमा विशेष पूजा आराधना गर्ने भक्तजनहरू निकै बढिरहेका छन् ।

नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा शनिवार हजारौँ भक्तजनहरूले पूजापाठ तथा दर्शन गरेका छन् । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रूपमा विकसित भइरहेको छ ।

दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौँ भक्तजनहरू पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौँ भक्तजनहरूले एकै दिन लाखौँ रुपैयाँ भेटी चढाउँदै आएका छन् ।

उक्त स्थानमा पुग्न नुवाकोटको विदुरबाट यातायातमा डेढ घण्टा र काठमाडौँवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरू आउने क्रममा बढोत्तरी भएसँगै भेटी सङ्कलन कार्य पनि बढिरहेको दुप्चेश्वर गापा अध्यक्ष सङ्करबहादुर थापाको भनाई छ ।
दुप्चेश्वर धाममा छिमेकी मुलुक भारत वाटसमेत तीर्थालु आउने गरेका छन् । दुप्चेश्वरमा कार्तिकको चौथो शनिबार दुई लाख ४० हजार तीन सय १५ रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.