पशुपतिनाथ जस्तो पवित्र धार्मिकस्थललाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राख्नुभएको छ। कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभएको हो।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।

प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उहाँले बैठकको अध्यक्षता गर्नुभएको हो।

उहाँले बैठकमा धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुने र परम्पगत मान्यताहरु सबै हाम्रा मौलिक संस्कृति भएको उल्लेख गर्नुभयो ।

यी मूल्य मान्यताको जगेर्ना गर्नुका साथै संसारभरिका हिन्दूको आस्था जोडिएको ठाउँ पशुपतिनाथमा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत भएको उहाँको भनाइ थियो ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले आज विहान पशुपतिनाथको दर्शन गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले भगवान पशुपतिनाथको मन्दिरमा पूजाआजासहित दर्शन गर्नु भएको हो ।

प्रधमानमन्त्री कार्की पशुपतिनाथ पुग्नु हुँदा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीले स्वागत गर्नु भएको थियो ।

पशुपतिनाथ मन्दिर नेपालको मात्र नभई विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र मानिन्छ।।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.