चितवनको इच्छाकामनामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृ्त्यु, २ जना घाइते

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित भित्रि सडक खण्डमा फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बलेरोमा सवार इच्छाकामना–२ बस्ने ८० वर्षीय वीर बहादुर प्रजाको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

गाउँपालिकाले कृषि एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएको बागमती प्रदेश०१–००२ झ ६६६२ नम्बरको बोलेरो हिजो साँझ सडकबाट करिब ५०० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका थिए ।

बोलेरो चालक इच्छाकामना–२ बस्ने २५ वर्षीय विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बलेरोमा सवार सोहि ठाउँ बस्ने १९ वर्षीय विष्णु प्रजा र ३४ वर्षीय कर्ण बहादुर प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.