कोसी प्रदेशमा लागूपदार्थ सेवन चेकजाँच पुनः सुरु, पहिलो दिन ८ चालक पक्राउ

सुनसरी –  जेन्जी आन्दोलनका कारण केही समय रोकिएको कोसी प्रदेश ट्राफिक प्रहरीले सञ्चालन गर्ने लागूपदार्थ सेवन चेकजाँच अभियान आजदेखि पुनः सुरु गरेको छ। अभियानको पहिलो दिन इटहरी उपमहानगरपालिका–२०, तरहरा प्रहरी चौकी अगाडि विशेष चेकजाँच सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आज पहिलो दिन गरिएको लागु पदार्थ सेवन चेकजाँच गरिएको २८ मध्ये ८ जनामा लागूपदार्थ सेवन पुष्टि भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार आज गरिएको परीक्षणमा २८ जनामध्ये ८ जनाले लागूपदार्थ सेवन गरेर सवारी सञ्चालन गरेको पाइएको छ ।

परीक्षणमा परेकामध्ये ४ जना सार्वजनिक यातायातका चालक, २ जना सहचालक, र २ जना स्कुटर चालक लागूपदार्थ सेवन गरेको पुष्टि भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूलाई लागूपदार्थ सेवन मुद्दाअन्तर्गत हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । स्वास्थ्य प्राविधिकको सहभागिता चेकजाँच प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन इटहरी उपमहानगरपालिकाले स्वास्थ्य प्राविधिक उपलब्ध गराएको थियो ।

लागूपदार्थ सेवन गरेर सवारी चलाउने चालक तथा सहचालकलाई नियन्त्रणमा ल्याउन गरिएको यो अभियान सडक दुर्घटना न्यूनीकरणमा अत्यन्त प्रभावकारी हुने ट्राफिक प्रहरीको विश्वास छ ।

कार्यक्रममा कोसी प्रदेश ट्राफिक प्रहरीका डिएसपी सन्तोष श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमाल यातायात व्यवसायी तथा सरोकारवाला
को पनि सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.