विवाहपञ्चमीको पाँचौ दिन आज माता सीताको मटकोर गरिँदै

धनुषा – विवाहपञ्चमीको पाँचौ दिन आज माता सीताको मटकोर गरिँदै छ । मटकोर विधि धनुषाको गंगासागर पोखरीमा हुनेछ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो तिलकोत्सव सम्पन्न भएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो तिलकोत्सव विधि गरिएको हो । राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुग्नु भएको थियो ।
प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थबीच अंकमाल गर्दै समधी मिलन गरिन्छ ।
भोलि विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्