सुदूरपश्चिम रोयल्सको लगातार तेश्रो जित, कर्णाली ४५ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग(एनपीएल) अन्गर्गत आज भएको दोश्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो ।

योसँगै सुदूरपश्चिमले एनपीएल दोश्रो संस्करणमा लगातार तेश्रो जित दर्ता गराएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा कर्णालीलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो ।

तर कर्णालीले सो मध्यम लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर जम्मा ९४ रन मात्र जोड्यो ।

कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।

हर्मीत सिंहले ४ ओभरमा  १९ रन मात्र खर्चेर २ विकेट लिए भने अविनाश बोहराले पनि २ विकेट नै लिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.