टस जितेर जनकपुरबिरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्स

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहका नेतृत्वमा रहेको साविक विजेता जनकपुर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छन् ।
जनकपुर र पोखरा यसअघि खेलेका दुवै खेलमा पराजित भएका थिए ।
पोखरा पुछारबाट क्रमशःपहिलो र जनकपुर दोस्रो स्थानमा छ ।
प्लेअफको सम्भावना जीवितै राख्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ । आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.