पुस २६–२८ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ-  नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस अन्तिम साता गर्ने भएको छ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने सबै तयारी तथा प्रक्रियासम्बन्धी कार्य तालिकासमेत सार्वजनिक गरेको छ।

कार्य तालिकामा अधिवेशनको पूर्व तयारी, आवश्यक सङ्गठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन्।

काँग्रेसले विगत केही समयदेखि विवादित बनेको महाधिवेशनको मिति टुङ्गो लगाएसँगै अब सबै तयारी तीव्र रूपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.