कर्णालीलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ ।

पोखराले कर्णाली याक्सलई ३४ रनले पराजित गरेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको पोखराले पूरै ओभर खेलेर २०१ रनको विशाल योगफल बनाएको थियो ।

पोखराका लागि रसिङ्गटनले शतकीय पारी खेले । उनले पोखराका लागि १०८ रनको योगदान गरे ।

२०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । कर्णालीलका लागि जयकिसनले ४३ र प्रियंकले ३४ रन जोड्नु बाहेक अरु खेलाडीले राम्रो रन बनाउन सकेनन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.