सुदूरपश्चिमको लगातार जित, चितवन ४९ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।

चितवन राइनोजलाई ४९ रनले पराजित गर्दे सुदूरपश्चिम विजयी भएको हो ।

सुदूरपश्चिमले खेलेका सबै ६ खेलहरु जितेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९  रन बनाएको थियो ।

१७० रनको लक्ष्य पाएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.