सडकमा पल्टियो यात्रुवाहक बस ,८ जना सामान्य घाइते

काभ्रेपलान्चोक-  बिपी राजमार्ग अन्तरगत नमो बुद्ध नगरपालिका–६ चौकी डाँडामा रामेछापको सुन पातीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस (गा.प्र. ०३–००१ ख २५२६) दुर्घटना भएको छ। चालक हीरा काजी श्रेष्ठले चलाएको उक्त बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब ३० जना यात्रु सवार रहेकामा ८ जना सामान्य घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी नमो बुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालतर्फ पठाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनाका कारण बिपी राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको र यातायात सुचारु गर्न प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.