एमाले महाधिवेशनको बन्दसत्र आज,बन्दसत्रस्थलमै केन्द्रीय कमिटी बैठक बस्दै

विधान संशोधनबारे छलफल हुने

काठमाडौँ – नेकपा एमालेको हिजो भक्तपुरमा उद्घाटित महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजे काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बस्ने भनिएकोमा दिउसो साढे १२ बजेका लागि सारिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी बन्दसत्रस्थलमै केन्द्रीय कमिटी बैठक बोलाइएकोले बन्दसत्र साढे १२ बजेका लागि सारिएको जानकारी दिनुभयो ।

उहाँले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको बताउनुभयो । यसअघि भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेकोले बन्दसत्र नेतृत्व चयनमा मात्रै केन्द्रित हुने भनिएको थियो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको अध्यक्ष पदमा केपी ओलीले तेस्रो कार्यकालका लागि निरन्तरता दिन चाहनुभएको छ भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.