समानुपातिकतर्फका उम्मेद्वारहरुको सूची बुझाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची आज र भोलिसम्ममा बुझाउनु पर्ने गरी कार्यतालिका तय गरेको छ ।

यसका लागि आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले आयोगको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुष १३ र १४ गते उम्मेद्वारहरुको बन्द सूची बुझाउनुपर्ने जनाएको हो ।

निर्वाचन ऐन, नियमावली र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिकाका आधारमा बन्द सूची बुझाउन पनि आयोगले दलहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित दलहरुले आयोगमा बन्द सूची पेश गर्नुभन्दा अघि सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने पनि आयोगले उल्लेख गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.