प्रधानमन्त्री कार्की र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटगरी पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भेट गरी यही पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने चियापान समारोहमा सहभागिताका लागि निम्तो गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही अवसरमा प्रधानमन्त्री कार्कीले चियापानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको विभाग प्रमुख श्रेष्ठको भनाइ छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २७ गते मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिन्छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसेचौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.