विशेष महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्य समितिको पहिलो बैठक

काठमाडौँ- नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठक आज बसेको छ।

ललितपुरको कुपण्डोलस्थित एउटा पार्टी प्यालेसमा बसेको बैठक  दोस्रो विशेष महाधिवेशन पछाडिको पहिलो बैठक हो ।

बैठकमा नवनिर्वाचित कार्यसमितिका प्राय: सबै पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्छ ।

केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनका निर्णयहरुको बारेमा निर्वाचन आयोगमा जानकारी गराउने तथा आगामी प्रतिनिधिसभा निर्वाचनको बारेमा समेत छलफल हुने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

काँग्रेसले हिजो मात्र दोश्रो विशेष महाधिवेशन सम्पन्न गरी गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

तर विशेष महाधिवेशनको विषयमा पार्टी भित्रको विवाद भने चरम उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.