धादिङमा पूर्वमुख्यमन्त्रीदेखि सामाजिक अभियान्ताहरुको उम्मेदवारी

धादिङ– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले  उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको हो ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट भूमी प्रसाद त्रिपाठीले उम्मेदवारी दिनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आशिका तामाङले उम्मेदवारी दिनु भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट कृष्ण रिजालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पूर्वमुख्य मन्त्रीसमेत रहेका पाण्डे यसअघि सोही निर्वाचन क्षेत्र १ बाट नेपाल कम्युनिष्ट एकिकृत समाजवादी पार्टीको  तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

यसै गरी निर्वाचन क्षेत्र नम्वर २ बाट भने  नेपाली काँग्रेसको तर्फबाट रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट घनवहादुर घलेले उममेदवारी दर्ता गराउनु भएको छ । भने सो पार्टीले चन्द्र रिजाल र घले दुबै जनालाई उम्मेदवारीका लागि टिकट दिए पछि केही समयमा विवाद समेत भएको थियो ।

२०७४ को  निार्वचनमा धादिङको क्षेत्र नम्वर २ निर्वाचन क्षेत्रबाट निर्वाचीत हुनु भएको थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीृको तर्फबाट भने बोध नाराण श्रेष्ट राष्ट्रिय  प्रजातन्त्र पार्टीबाट सुरेश रिजाल र नेपाली कम्युनिष्ट पाटीृको तर्फबाट राम बहादुर भण्डारीले उम्मेदवारी दर्ता रागाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.