ऐलानी जग्गा विवादमा सिरहाको कर्जन्हामा ५० वर्षीय पुरुषको मृत्युपछि तनाव

सिरहा – कर्जन्हा नगरपालिका–१० स्थित मन्हर्वा चोकमा करिब ३५ वर्षदेखि बसोबास गर्दै आएको ऐलानी जग्गा विवादका क्रममा ५० वर्षीय मुदिन सेखको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दा सिराह मन्हर्वा तनाव ग्रस्त बनेको छ ।
घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै पीडित पक्ष र स्थानीयवासीहरू पूर्व–पश्चिम राजमार्गमा उत्रेर प्रर्दशन गरेका छन् ।
प्रदर्शनका कारण केही समय यातायात आवागमन प्रभावित भएको छ।
मृतक मुदिन सेखाका २ जना छोरा र १ जना छोरी रहेका छन्। परिवारजनले आफूहरू लामो समयदेखि उक्त ऐलानी जग्गामा बसोबास गर्दै आएको दाबी गरेका छन्।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गरिने र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।






प्रतिक्रिया राख्नुहोस्