‍पाकिस्तानसँग नेदरल्यान्ड्स ३ विकेटले पराजित

काठमाडौँ- आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको १० औं संस्करण आजदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु भएको छ। विश्वकपको पहिलो दिनको पहिलो खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हराउदै जित निकालेको हो ।

कोलम्बोस्थित सिन्हालीज स्पोर्ट्स क्लब एसएससी मैदानमा १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ दशमलव ३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । अहिले दोस्रो खेलमा समूह ‘सी’ का दुई टोली स्कटल्यान्ड र वेस्ट इन्डिजबीचको प्रतिस्पर्धा कोलकातामा जारी छ । आजको तेस्रो खेलमा आयोजक भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । समूह ‘सी’ मा रहेको नेपालले भोलि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डको सामना गर्दै विश्वकप यात्राको सुरुआत गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.