भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुर- सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, आरीखोलामा तीन करोड, वेहेरे खोलामा तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख, राउते खोलामा तीन करोड ५० लाख, कावाखोला सात करोड ५० लाख र श्यामखोला तीन करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन् ।
त्यसैगरी, बङ्खुवा खोलामादुई करोड २५ लाख, गङ्खुवा खोलामा चार करोड ५० लाख, सिक्तेल खोलामा चार करोड रुपैयाँ, एखुवा खोलामा छ करोड ६० लाख रुपैयाँ चिरखुवा खोलामा पाँच करोड ६३ लाख रुपैयाँमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमार छ करोड ३५ लाख रुपैयाँमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।






प्रतिक्रिया राख्नुहोस्