बागलुङ-१ रास्वपाका सुशील खड्का विजयी

बागलुङ- बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्कनुभएको थियो । उहाँ त्यसपछि उद्यममा लाग्नुभयो । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउनुहुने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गर्नुभएको थियो । 

खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीमा रुपमा काम गरेको अनुभव छ । शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उच्च शिक्षा पश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहनुभएको थियो ।

खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आउनुभएको छ । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरिरहनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.