उदयपुर-२ मा रास्वपाका सूर्यबहादुर लामा विजयी

काठमाडौँ- उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ ।
रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो ।
रास्वपाको जिल्ला सचिवसमेत रहनुभएका लामाले यस क्षेत्रबाट पहिलो पटक सांसद पदमा विजयी हुनुभएको हो ।
उहाँ कटारी–७ मर्जेतपुरका बासिन्दा हुनुहुन्छ । एकचालिस वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ता हुनुहुन्थ्यो ।
उहाँ २०७९ असोजदेखि रास्वापामा सक्रिय हुनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्