काभ्रे-१ बाट रास्वपाका मधुकुमार चौलागाईं निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रे क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधु चौलागाईं विजयी हुनुभएको छ । उहाँले २९ हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गुणराज मुक्तानले १९१६६ मत प्राप्त गर्नुभएको छ ।
काभ्रेपलाञ्चोक चौंरीदेउरालीका ५६ बर्षीय चौलागईको यो पहिलो संसदीय यात्रा हो ।
उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. १ का सभापति हुनुहुन्छ । चौलागाईंले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक अध्ययन गर्नुभएको छ।
बहुविवाहमा लैङ्गिक समानता, पूर्वप्रभावी कानुनको सिद्धान्त तथा प्रतिनिधिसभा विघटनमा शक्ति दुरुपयोगविरुद्ध भएका ऐतिहासिक फैसलाहरूमा उहाँले बहस पैरवी गर्दै आउनु भएको छ । साथै बैंकिङ सुधार तथा शान्ति अभियानमा स्वयंसेवकका रूपमा पनि उहाँ सक्रिय रहनुभएको छ।
सुशासन र संस्थागत सुधारको स्पष्ट एजेन्डा अघि सार्दै उहाँले भ्रष्टाचारमुक्त संसद् निर्माण र संवैधानिक मूल्य–मान्यताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्