गोरखा २ बाट रास्वपाका कविन्द्र बुर्लाकोटी  विजयी

काठमाडौँ – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कविन्द्र बुर्लाकोटी  विजयी हुनु भएको छ ।

उहाँले २६ हजार ६६० मत प्राप्त गर्नु भयो  l उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय मत ल्याउनु भएको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लेखनाथ न्याैपानेले ११ हजार ७७ मत ल्याउँनु भयो ।  नेकपा एमालेका मिलन गुरूङले ३ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

गोरखा पालुङटार नगरपालिका–९ मा २०३६ सालमा जन्मनु भएका बुर्लाकोटी युवा विकास अभियान हुँदै राजनीतिमा प्रवेश गर्नु भएको हो । २०५७ सालमा युनाइटेड युथ संस्थामा जोडिएका बुर्लाकोटी नेपाल युवा संस्था सञ्जालको संस्थापक सचिव हुँदै दोस्रो कार्यकाल अध्यक्ष बन्नु भएको थियो । उहाँ राष्ट्रिय युवा महासंघका संस्थापक अध्यक्ष पनि बन्नु भयो । पहिलो संविधान सभा निर्वाचन पछि संविधान जारी हुन भएको अलमलका वेला उहाँले स्वतन्त्र युवाहरुको अगुवाई गर्दै धर्ना बसेर दवाव दिनु भएको थियो।

२०७९ सालमा रास्वपा गठन हुँदा २३ जनाको संस्थापक केन्द्रीय सदस्यमा मध्ये उहाँ पनि एक हो । पार्टी स्थापनाको दुई महिनापछि उनले सहमहामन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । २०८१ मा रास्वपाको कार्यवाहक महामन्त्री बन्नु भएका उहाँ २०८२ असार ७ बाट महामन्त्रीको जिम्मेवारीमा रहँदै आउनु भएको छ। उहाँ दोस्रो प्रयासमा संसद्‍को यात्रामा प्रवेश गर्न सफल हुनु भएको हो ।

२०७९ को निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग १३ हजार मतान्तरले पराजित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.