मोरङ-५ मा रास्वपाकी आशा झा विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ-५ मा रास्वपाकी आशा झा विजयी हुनुभएको छ । उहाँले ३०४३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका फुलकुमार लालवानीले ९४१५ मत प्राप्त गर्नुभयो ।
शिक्षा शास्त्रमा स्नातक गर्नु भएकी झा मधेसी महिलाका अधिकार र सामाजिक न्यायका लागि सक्रिय अभियन्ताका रूपमा चिनिनु हुन्छ।
विसं २०४० सालमा विराटनगरमा जन्मिनु भएकी झाको यो पहिलो संसदीय यात्रा हो।
उहाँ तराई मधेशमा नैतिक तथा सांस्कृतिक शिक्षा र सामाजिक चेतना कार्यक्रमको प्रवर्द्धकका रूपमा पनि सक्रिय रहँदै आउनु भएको छ ।
सामाजिक सुधार अभियान र वातावरण संरक्षणका विभिन्न पहलहरूमा अग्रसर नेतृ झा स्वास्थ्य स्वयंसेवक तथा जनचेतना अभिवृद्धिका कार्यक्रमहरूमा पनि संलग्न रहनु भएको छ।
स्थानीय निर्णय प्रक्रियामा महिलाको आवाज सुनिश्चित गर्न तथा पिछडिएका महिलाको सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आउनु भएकी झा समाजमा प्रेरणाको श्रोतको रुपमा रहनु भएको छ ।।





प्रतिक्रिया राख्नुहोस्