सिराहा-२ बाट रास्वपाका शिव शंकर यादव विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा-२ बाट शिव शंकर यादव विजयी हुनुभएको छ । उहाँले ३९५६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र यादवले १२८१४ मत प्राप्त गर्नुभयो ।

सिराहाको सुखीपुर नगरपालिका, बिद्यानगरमा २०५२ सालमा जन्मिनु भएका शिवशंकर यादव ‘जेन-जी’ आन्दोलनबाट उदाएका ऊर्जाशील युवा नेता हुनुहुन्छ। उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ।

जेन–जी आन्दोलनबाट उभिएको युवा नेतृत्वका रूपमा उहाँ समुदायका दैनिक समस्या र प्राथमिकतासँग नजिकबाट जोडिएको सामाजिक आधार भएको व्यक्तित्वका रूपमा  चिनिनुहुन्छ।

शैक्षिक तथ्यमा आधारित बहस, नीतिगत बुझाइ तथा सार्वजनिक सेवा सुधारको दृष्टि लिएर अगाडि बढ्ने उहाँको पहिचान रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.