सिन्धुपाल्चोक-१ बाट रास्वपाका भरतप्रसाद पराजुली विजयी

काठमाडौँ- दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक-१ बाट रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित हुनुभएको छ । उहाँले २४४१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले १७३२७ मत प्राप्त गर्नुभएको छ ।

भरत प्रसाद पराजुली पूर्व एमाले नेता हुनुहुन्छ। उहाँ निर्वाचनअघि नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको थियो।

स्नातकसम्म अध्ययन गर्नुभएका पराजुली ऊर्जा तथा पूर्वाधार क्षेत्रसँग लामो समयदेखि जोडिँदै आउनुभएको छ।

उहाँ ५० भन्दा बढी ठूला जलविद्युत् तथा पूर्वाधार आयोजनामा प्रत्यक्ष रूपमा संलग्न रहनुभएको छ, जहाँबाट उहाँले रणनीतिक, प्राविधिक तथा प्रशासनिक तहमा काम गर्ने अनुभव हासिल गर्नुभएको छ।

ऊर्जा क्षेत्र र पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न परियोजनाहरूमा काम गर्दै उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको पराजुलीलाई नेपाल सरकारले “प्रबल जनसेवा श्री” सम्मानबाट पनि विभूषित गरेको छ।

साथै, उहाँ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) का कार्यकारी बोर्ड सदस्यका रूपमा ऊर्जा क्षेत्रको नीतिनिर्माण प्रक्रियामा समेत प्रत्यक्ष रूपमा संलग्न रहनुभएको छ।

जलविद्युत् तथा पूर्वाधार आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी कार्यमा पनि उहाँसँग प्रत्यक्ष अनुभव रहेको छ, जसले जटिल प्राविधिक परियोजनाहरू सञ्चालन गर्ने क्षमता र अनुभवलाई देखाउँछ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.