ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले ४३०९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९०४५ मत प्राप्त गर्नुभएको छ ।

३६ वर्षीया तोसिमा कार्कीको यो दोस्रो संसदीय यात्रा हो।

एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेपछि उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो । विसं २०७९ बाट राजनीति क्षेत्रमा आएसँगै उहाँ यसअघि २०७९ को निर्वाचनमा रास्वपाबाट प्रतिनिधि सभा सदस्य हुँदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत बन्नुभयो ।

उहाँ चिकित्सा क्षेत्र सुधार अभियन्ता डा गोविन्द केसीको अभियानमा सारथीको रुपमा रहनुभएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षा ऐन “जेल बिना जमानत” प्रावधान ल्याउने आन्दोलन नेतृत्वसमेत उहाँले गर्नुभयो । उहाँ २०७२ को भूकम्प उद्धार र कोभिड सेवामा निरन्तर खटिएकी चिकित्सक हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.