कञ्चनपुर-२ बाट रास्वपका दिपकराज बोहरा विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कञ्चनपुर-२ बाट रास्वपाका दिपकराज बोहरा निर्वाचित हुनुभएको छ । उहाँ ३३९५२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण प्रकाश साउद (एनपी साउद) ले १०८२७ मत प्राप्त गर्नुभयो।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका ३८ वर्षीय दीपकराज बोहरा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएदेखि नै रास्वपासँग आबद्ध हुनुहुन्छ।
उहाँसँग करिब २० वर्ष पत्रकारिताको अनुभव रहेको छ।
नेपाल-वान टेलिभिजन (नयाँ दिल्ली), न्यूज ट्वान्टी फोर टेलिभिजनमा ११ वर्ष, ग्यालेक्सी टेलिभिजनमा दुई वर्ष र नेपाल टेलिभिजनमा तीन वर्ष काम गरेको अनुभव बोहरासँग छ।
रास्वपाका कोषाध्यक्षसमेत रहनु भएका बोहरा पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उहाँको सचिवालयमा रहेर काम गर्नुभएको थियो।
बोहोराको यो पहिलो संसदीय अनुभव हो।।






प्रतिक्रिया राख्नुहोस्